सोमवार, बैशाख १५, २०८२
English
Follow us:

नेप्से निरन्तर ओरालो

नेप्से निरन्तर ओरालो

  • खबर सेवा

  • मङ्लबार, चैत्र ११, २०८१

  • 51
    SHARES
नेप्से निरन्तर ओरालो

काठमाडौँ। नेप्सेले देखाएको सोमाबारको गति मंगलबार पुनस् बदलिँदा बजार क्रमिक रुपमा ओरालो लागेको हो। मंगलबार नेप्से सूचक ५८.०५ अंकले घटेर २५८२.७३ अंकमा बन्द भएको छ। बजार दिनभर घटिरहँदा लगानीकर्ता प्यानिक सेलमा उत्रिए। यसले बजारमा खरिद पक्ष कमजोर भई बिक्री पक्ष बलियो बनाउँदा समग्र बजार राताम्मे बनेको हो। यो दिन लगानीकर्ताले कारोबार पनि ५ अर्ब १० करोडको मात्रै गरेका छन्।

आइतबार ६ अर्बमाथिको कारोबार गरेको लगानीकर्ताले सोमबार बढेको बजारमा ४ अर्बको कारोबार गरेका थिए। मंगलबार भने लगानीकर्ताले कारोबारलाई बढाएका हुन्।

बढ्ने अपेक्षाका बीच बजार तीन हप्तायता निरन्तर घट्दा लगानीकर्तामा बजारप्रतिको आत्मविश्वास घट्न थालेको छ। जसका कारण लगानीकर्ता पुन; कारोबारलाई ४ देखि ५ अर्बबीचमा मात्रै राख्दै आएका देखिन्छन्। मंगलबार कारोबार ५० करोडले बढे पनि त्यसको सकारात्मक प्रभाव बजारमा पर्न सकेन। यो दिन सबै समूहको उपसूचक घटेको छ भने कारोबारमा आएका केही डिबेन्चर र ४ वटा कम्पनीबाहेक सबै कम्पनीको मूल्य घटेको छ ।

कम्पनीहरूमा गार्डियन माइक्रोलाइफ, सयपत्री हाइड्रो, उपकार लघुवित्त र अपर सोलु हाइड्रो इलेक्ट्रीसिटी कम्पनीको मूल्य सामान्यले बढ्दा एनसीसी बैंक,कुमारीबैंक, मन्जुश्र फाइनान्सलगायतका संस्थाहरूले जारी गरेको डिबेन्चरको मूल्य भने ४ प्रतिशतमाथिले बढेको हो।

घट्नेमा भने आज २४० वटा कम्पनी रहेका छन्। जसमा नारायणी विकास बैंक अगाडि छ। दुई महिनादेखी घट्दै नघटी निरन्तर बढिरहेको यो बैंकको सोमबार र मंगलबार भने मूल्य घटेको हो।मंगलबार ९।९७ प्रतिशतले मूल्य घटेको छ। यस्तै यो बाहेक सर्पोट माइक्रोफाइनान्सको ७.८९ प्रतिशत र सिन्धु विकास बैंकको ६।९२ प्रतिशतले मूल्य घटेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology