सोमवार, बैशाख १५, २०८२
English
Follow us:

अर्जेन्टिना विश्वकपमा

अर्जेन्टिना विश्वकपमा

  • खबर सेवा

  • बुधबार, चैत्र १२, २०८१

  • 38
    SHARES
अर्जेन्टिना विश्वकपमा

काठमाडौँ। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ।

बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको हो ।

सन् १९७८ मा पहिलो पटक विश्वकप जितेको अर्जेन्टिनाले दोस्रो पटक सन् १९८६ मा सफलता पाएको थियो । तेस्रो पटक सन् २०२२ मा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो ।

सन् २०२६ को विश्वकपमा दक्षिण अमेरिकाबाट ६ टोली सिधै प्रवेश पाउने छन् । शीर्ष स्थानको अर्जेन्टिनाको २८ तथा सातौँ स्थानको बोलिभियाको १४ अंक छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology