मलेसियासँग हार्यो नेपाल
काठमाडौं। एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको छ। समूह ए अन्तर्गत मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा भएको खेलमा नेपालले दुवै हाफमा गोल व्यहोरेको थियो।
खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । हेक्टर हेभलले गोल गर्दै मलेसियालाई खेलमा अघि बढाएका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।मलेसियालाई घरेलु मैदानमा जितसहित छनोट यात्रामा सुखद सुरुवात दिलाउन हेक्टोर हेभेल र ला’भेरे कोर्बिन ओङले एकएक गोल गरे।
पोर्चुगलको पोर्टिमोनेन्समा व्यावसयिक फुटबल खेल्ने हेक्टोर यसै खेलका लागि मलेसियन टिममा समावेश भएका थिए। उनले मलेसियाका लागि पहिलो खेलमै डेब्यु गोल गर्दै यादगार बनाए। यस्तै दोस्रो हाफमा मलेसियाले गोल थप्यो। कोर्बिन ओसले ७०औं मिनेटमा गोल गरेका थिए।
एसियन कप छनोटको समूह बी मा मलेसियाले जितसहित ३ अंक जोडेको छ। नेपालले भने हारबाट छनोट यात्रा सुरु गरेको छ। नेपालले आगामी जुनमा लाओससँग अवे म्याच खेल्ने तालिका छ।
नेपालले मलेसियासँग पहिलो खेल होम म्याच खेल्ने तय भएपनि नेपालको दशरथ रंगशालमा अन्तर्राष्ट्रिय मान्यता नपाउँदा नेपालले घरेलु खेल मलेसियामा गएर खेल्नुपरेको हो। यद्यपी अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र मलेसियाले होम म्याच स्वाप (साटेको) गरेको र आगामी नोभेम्बरमा मलेसियाको घरेलु मैदानमा खेल्ने भनिएको म्याच नेपालमा खेलिने जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
-
५.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
सम्बन्धित समाचार
पुरुष टी२० विश्वकपमा ३ खेल हुँदै
काठमाडौँ। भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बुधबार पनि तीन समूहका तीन खेल हुँदै छन्। ग्रुप...
आईसीसी टी–२० विश्वकप : नामिबियामाथि नेदरल्यान्डसको जित
काठमाडौँ । नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकपमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत दिल्लीस्थित अरुण जेटली रङ्गशालामा मङ्गलबार भएको खेलमा...
टी–२० विश्वकपमा भारतसँगको खेल पाकिस्तानले बहिष्कार नगर्ने
मुम्बई । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब पाकिस्तानले...
आईसीसी पुरुष टी– २० विश्वकप : श्रीलंकासँग आयरल्यान्डको २० रनको हार
काठमाडौँ। श्रीलंकाले आईसीसी पुरुष टी– २० विश्वकपमा विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा...




