सोमवार, बैशाख १५, २०८२
English
Follow us:

आईपीएलमा पन्जाबसँग गुजरातको हार

आईपीएलमा पन्जाबसँग गुजरातको हार

  • खबर सेवा

  • बुधबार, चैत्र १२, २०८१

  • 57
    SHARES
आईपीएलमा पन्जाबसँग गुजरातको हार
India IPL Cricket

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किङ्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गए राति भएको खेलमा पन्जाबले ११ रनको जित निकालेको हो । सुरुवाति ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रिएको गुजरात ५ विकेटको क्षतिमा २३२ रनमा समेटिएपछि पन्जाब विजयी भएको हो ।

पन्जाबका लागि श्रेयस ऐय्यरले अविजित ९७ रनको पारी खेले । त्यस्तै प्रियान्स आर्याले ४७ र अजमतुल्ला उमरजाईले १६ रन जोडे । सशांक सिंह भने ४४ रनमा अविजित रहे । गुजरातका लागि साई किशोरले ३ विकेट लिए भने कागिसो रबाडा र राशिद खानले १र१ विकेट लिए ।

जवाफी ब्याटिङमा गुजरातका लागि साई सुदर्शनले ७४ रन बनाउँदा शुभमन गिलले ३३ रन जोडे । त्यस्तै जोस बट्लरले ५४ रन बनाए भने शेरपन रदरफोर्डले ४६ रनको पारी खेले । बलिङतर्फ पन्जाबका अर्सदिप सिंहले २ विकेट लिँदा मार्को यान्सन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए ।

आईपीएलमा आज राति पौने ८ बजे राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल हुनेछ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology