बुधबार, बैशाख १७, २०८२
English
Follow us:

विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

  • खबर सेवा

  • बुधबार, चैत्र १२, २०८१

  • 48
    SHARES
विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौँ। प्रतिनिधि सभा बैठक स्थगित भएको छ । ३ बजेदेखि सुरु भएको बुधबारको दोस्रो बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरिएको जानकारी गराएका हुन् ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि बिहान ११ बजे बसेको बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

३ बजेदेखि सुरु भएको दोस्रो बैठकमा पनि उनीहरुले प्रधानमन्त्री नै उपस्थित भएर जवाफ दिनुपर्ने माग राखेपछि सभामुखले स्थगित गरेका हुन्। अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology