राजनीति

विपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौँ। प्रतिनिधि सभा बैठक स्थगित भएको छ । ३ बजेदेखि सुरु भएको बुधबारको दोस्रो बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरिएको जानकारी गराएका हुन् ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि बिहान ११ बजे बसेको बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

३ बजेदेखि सुरु भएको दोस्रो बैठकमा पनि उनीहरुले प्रधानमन्त्री नै उपस्थित भएर जवाफ दिनुपर्ने माग राखेपछि सभामुखले स्थगित गरेका हुन्। अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित समाचार

शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता

शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता

सिन्धुपाल्चोक। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार...

अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई

अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले माघ ६ गते उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब...

रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चाैधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले...

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्: ओली

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न...