
काठमाडौँ। नेप्से परिसूचक बुधबार ३९.१३ अंकले बढेको छ । परिसूचक १.५१ प्रतिशतले बढेर २६२१.८६ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज चार अर्ब २० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । अन्य समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले वृद्धि भएको छ ।
आज २३१ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको सेयर मूल्य घटेको छ ।