बुधबार, बैशाख १७, २०८२
English
Follow us:

सर्वोच्चमा कुलमान

सर्वोच्चमा कुलमान

  • खबर सेवा

  • बुधबार, चैत्र १२, २०८१

  • 54
    SHARES
सर्वोच्चमा कुलमान

काठमाडौँ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।बुधबार अपराह्न घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुगेका हुन्। सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलका अनुसार रिट दर्ता हुन बाँकी छ।

घिसिङले आफूलाई गैरकानुनी रूपमा प्राधिकरणबाट हटाइएको भन्दै रिट दायर गर्न लागेका हुन्। उनले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।

सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology