राजनीति

सर्वोच्चमा कुलमान

काठमाडौँ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।बुधबार अपराह्न घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुगेका हुन्। सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलका अनुसार रिट दर्ता हुन बाँकी छ।

घिसिङले आफूलाई गैरकानुनी रूपमा प्राधिकरणबाट हटाइएको भन्दै रिट दायर गर्न लागेका हुन्। उनले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।

सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको छ।

सम्बन्धित समाचार

समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित

समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित

काठमाडौं । नेपालको राजनीतिक इतिहास करिब आठ दशक लामो संघर्ष, बलिदान र व्यवस्था परिवर्तनको गाथा हो। जहानियाँ राणा शासन,...

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

काठमाडौं । नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज बर्दघाट नगरपालिका–चिसापानीस्थित...

पूर्वराजा शाह आज काठमाडौं आउँदै, निषेधाज्ञाका बीच स्वागत गर्दै राजावादी

पूर्वराजा शाह आज काठमाडौं आउँदै, निषेधाज्ञाका बीच स्वागत गर्दै राजावादी

काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंमा आउने भएपछि आज जिल्ला प्रशासन कार्यालय काठमाडौं विमानस्थलमा निषेधाज्ञा जारी गरेको छ। झापा...

राष्ट्रिय सभाको चालु अधिवेशनको अन्तिम बैठक आज

राष्ट्रिय सभाको चालु अधिवेशनको अन्तिम बैठक आज

काठमाडौंं।  राष्ट्रियसभाको चालु अधिवेसनको अन्तिम बैठक आज बस्दैछ। दिउँसो सवा १२ बजे बस्ने अन्तिम बैठकमा केही प्रतिवेलनहरु पेश हुनेछ...