बुधबार, बैशाख १७, २०८२
English
Follow us:

अनलाइन जुवा खेलाउने भारतीय नागरिक पक्राउ

अनलाइन जुवा खेलाउने भारतीय नागरिक पक्राउ

  • खबर सेवा

  • बुधबार, चैत्र १२, २०८१

  • 62
    SHARES
अनलाइन जुवा खेलाउने भारतीय नागरिक पक्राउ

काठमाडौँ। अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले बूढानीलकण्ठबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। मंगलबार साँझ बुढानीलकण्ठ नगरपालिका ३ देउला टोलस्थित एक घरबाट ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

भारतका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित वर्मा, २६ वर्षीय पिउस भारतद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षीय आकाश वर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकाशकुमार पक्राउ परेका हुन्।

उनका अनुसार उनीहरूले अनलाइन जुवा खेलाउने काम गर्थे। उनीहरूले दुई अर्बभन्दा बढी रकमको कारोबार गरेको देखिएको हो। त्यस्तै ९६ लाख ३३ हजार भन्दा बढी क्रिप्टोकरेन्सीको कारोबार समेत देखिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology