डि ककको विष्फोटक ब्याटिङमा कोलकताको जित
काठमाडौँ। क्विन्टन डी ककको विष्फोटक ब्याटिङमा कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गरेको छ। आईपीएलमा कोलकताले पहिलो जित दर्ता गरेको दिन राजस्थान रोयल्सले भने लगातार दोस्रो हार व्यहोरेको हो। जितसँगै कोलकता २ अंकमा छैटौँ स्थानमा छ। लगातार दोस्रो हार भोगेको राजस्थान अंक तालिकाको पुछारमा छ।
राजस्थान रोयल्सले दिएको १ सय ५२ रनको लक्ष्य कोलकताले १७.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। कोलकताका लागि डि कक ६१ बलमा ८ चौका र ६ छक्का सहयोगमा ९७ रनमा अविजित रहे।
एंक्रिस रघुवंशी २२ रनमा नट आउट रहे। अोपनर मोइन अली ५ रनमा रनआउट भए। कप्तान अजिंके रहाने १८ बलमा क्याच आउट हुन पुगे। त्यसअघि गुहावटीस्थित वर्षपारा क्रिकेट स्टेडियममा कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५१ रनको योगफल तयार पारेको थियो।
राजस्थानका लागि ध्रुव जुरेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो। ओपनर यशस्वी जैसवालले २९ तथा सञ्जु सामसन १३ रन बनाउँदै पेभेलियन फर्के। कप्तान रियान परागले २५ रन थपे। जोफ्रा आर्चर १६ रन बनाउँदा बोल्ड आउट भए। कोलकताका वैभव अरोरा, हर्षित राना, मोइन अली र वरुण चक्रवतीले समान २ विकेट झारे। स्पेन्सर जोनसनको नाममा एक विकेट रह्यो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




