सोमवार, बैशाख १५, २०८२
English
Follow us:

रहर गरेर राजतन्त्र आउँदैन : देउवा

रहर गरेर राजतन्त्र आउँदैन : देउवा

  • खबर सेवा

  • बिहिबार, चैत्र १३, २०८१

  • 55
    SHARES
रहर गरेर राजतन्त्र आउँदैन : देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेपालीले लडेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे।

उनले सम्पूर्ण नेपाली जनताले संविधानसभामार्फत जनताको इच्छानुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गरे। उनले नेपाली जनताले गणतन्त्र मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न आग्रह गरे। कुनै हालतमा पनि प्रजातन्त्र हट्न नसक्ने दाबी गर्दै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रलाई स्थायी गराउने काममा लाग्न आग्रह गरे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology