सोमवार, बैशाख १५, २०८२
English
Follow us:

राजावादीको कार्यक्रम सरेको हल्ला फैलिएपछि आपत्

राजावादीको कार्यक्रम सरेको हल्ला फैलिएपछि आपत्

  • खबर सेवा

  • बिहिबार, चैत्र १३, २०८१

  • 62
    SHARES
राजावादीको कार्यक्रम सरेको हल्ला फैलिएपछि आपत्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी प्रवक्ताको नाम दुरुपयोग गरेर शुक्रवार हुने कार्यक्रमबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लगाएको छ । सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगित हुने भनी सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको आरोप लगाएका हुन् ।

उनले यस्ता कार्यहरू निन्दनीय र आपत्तिजनक रहेको भन्दै सो कार्यको खण्डन समेत गरेका छन् । उनले त्यसबारे कोही भ्रममा नपर्नका लागि आग्रह समेत गरेका छन् ।

प्रवक्ता श्रेष्ठले भोलि चैत १५ गते काठमाण्डौको तीनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पङ्क्ति र आम जनसमुदायलाई राप्रपा हार्दिक आह्वान समेत गरेका छन् ।

राप्रपा समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन प्रतिबद्ध रहेको समेत उनले बताएका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology