सोमवार, बैशाख १५, २०८२
English
Follow us:

विश्वप्रकाश शर्मा भन्छन् : कुलमान हटाउनु नि गलत, संसद् अवरोध गर्नु पनि गलत

विश्वप्रकाश शर्मा भन्छन् : कुलमान हटाउनु नि गलत, संसद् अवरोध गर्नु पनि गलत

  • खबर सेवा

  • बिहिबार, चैत्र १३, २०८१

  • 82
    SHARES
विश्वप्रकाश शर्मा भन्छन् : कुलमान हटाउनु नि गलत, संसद् अवरोध गर्नु पनि गलत

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद् अवरोध गर्नु गलत भएको बताएका छन्।

बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। महामन्त्री शर्माले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको माग गलत भएको बताए। अदालतमा गइसकेको विषयलाई लिएर प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्दा गलत सन्देश जाने उनको भनाइ छ।

उनले केही महिना मात्रै पदावधि बाँकी रहेका घिसिङलाई पदमुक्त गर्दा नकारात्मक सन्देश गएको पनि स्विकारे। उनले घिसिङलाई हटाएका कारण प्रतिपक्षले संसद् अवरोध गर्दा महत्त्वपूर्ण अध्यादेशहरू संसद्‌मै थन्किने आशंका व्यक्त गरे। संसद्‌बाट अध्यादेश पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने समय सीमा ज्यादै थोरै भएकाले प्रतिपक्षीको संसद् अवरोधका कारण प्रभावित भएको उनको भनाइ छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology