
काठमाडौं। काठमाडौं महानगरभित्र यही चैत १५ गते पाहाँचन्हे जात्रा मनाइँदैछ। महानगरको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली दमाइटोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा जात्रा हुनेछ।
काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले बिहीबार सूचना जारी गर्दै सो स्थानमा जात्रालाई अवरोध हुने गरी कुनै पनि सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्नुरनगराउन अनुरोध गरेको छ ।
जात्राको रूटलाई सहज आवागमनमा सहयोग गर्न भनिएको छ ।