बुधबार, बैशाख १७, २०८२
English
Follow us:

कृष्णमूर्तिका समर्थकले दिए पत्रकार ढुंगानालाई धम्की

कृष्णमूर्तिका समर्थकले दिए पत्रकार ढुंगानालाई धम्की

  • खबर सेवा

  • शनिबार, चैत्र २९, २०८१

  • 49
    SHARES
कृष्णमूर्तिका समर्थकले दिए पत्रकार ढुंगानालाई धम्की

काठमाडौँ। मानव सेवा फाउन्डेसनले पोखरामा गर्न लागेको कोटीहोमको समाचार लेखेको भन्दै उनका समर्थकले पत्रकारलाई धम्की दिएका छन् । फाउण्डेसनले पोखरामा कोटीहोमको तयारीका क्रममा गरेको करोड दिप प्रज्जोलनबाट सल्किएको आगोबारे समाचार लेख्दा पत्रकार सुमन ढुंगानालाई धम्की दिइएको हो ।

मानवसेवा फाउन्डेशन नाम संस्थाको हवला दिँदै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका ढुंगानालाई धम्की दिइएको हो । बुधबार ‘कोटिहोमका नाममा धन्न ठूलो आगलागी हुनबाट जोगियो पोखरा’ शीर्षकमा सार्वजनिक गरेको भिडियोलाई लिएर ढुंगानालाई धम्की दिएको उनले बताए ।

‘उक्त भिडियो सार्वजनिक किन गरिस् भन्दै मलाई जेसुकै हुने धम्की दिएका छन्’, उनले भने, ‘९७४५३००८६० नम्बरको मोबाइलबाट एक व्यक्तिले न्युज २४ मा हाम्रो पनि ठूलो चिनजान छ भन्दै जे पनि गर्न सक्ने भन्दै धम्की दिए।’

उनले आफूलाई धम्की दिने व्यक्तिविरुद्ध कानुनी उपचारमा जाने बताए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology