बुधबार, बैशाख १७, २०८२
English
Follow us:

वर्षाका कारण हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा

वर्षाका कारण हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा

  • खबर सेवा

  • शनिबार, चैत्र २९, २०८१

  • 50
    SHARES
वर्षाका कारण हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा

काठमाडौँ। हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगितामा नेपाल र आयोजक हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। नेपाललले टस जितेर फिल्डिङ रोजेको खेलमा ९ ओखर चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो। जम्मा ९ ओभरसम्मको खेलमा हङकङले ३ विकेट गुमाएर ६८ रन जोडेको थियो।

तर, वर्षा नरोकिएपछि खेल रद्द भएको हो। यद्यपि, हङकङभन्दा नेपालको बढी अंक भएका कारण नेपाल प्रतियोगिताको फाइलनमा पुगेको हो। नेपाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ भने हङकङले २ खेलमध्य एक खेलमात्रै जितेर २ अंक मात्रै जोडेको थियो।

नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै उपाधिका लागि कुवेतसँग प्रतिष्पर्धा हुनेछ। आजै भएको खेलमा कुवेतले कतारमाथि फराकिलो जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो।
नेपालले यसअघि कतार र कुबेतलाई पराजित गरेको थियो। प्रतियोगितमा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागि छन्।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology