बुधबार, बैशाख १७, २०८२
English
Follow us:

बबरमहलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

बबरमहलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

  • खबर सेवा

  • शनिबार, चैत्र २९, २०८१

  • 38
    SHARES
बबरमहलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

काठमाडौँ। काठमाडौँको बबरमहलमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले आज ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको हो।

उनको परिचय खुलेको छैन। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology