बुधबार, बैशाख १७, २०८२
English
Follow us:

वीरगन्जमा आज मध्यदिनसम्म कर्फ्यु

वीरगन्जमा आज मध्यदिनसम्म कर्फ्यु

  • खबर सेवा

  • आइतवार, चैत्र ३०, २०८१

  • 43
    SHARES
वीरगन्जमा आज मध्यदिनसम्म कर्फ्यु

पर्सा। पर्साको वीरगन्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि कर्फ्यु लगाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः३० बजेदेखि भोलि बिहान १२ बजेसम्मलाई कर्फ्यु आदेश भएको हो।

वीरगन्जमा चार किल्ला तोकि कर्फ्यु आदेश भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जस अनुसार पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकसम्म कर्फ्यु लाग्नेछ।

कर्फ्यु आदेश भएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology