बुधबार, बैशाख १७, २०८२
English
Follow us:

मकालुमा लेक लागेर चिकित्सकको मृत्यु

मकालुमा लेक लागेर चिकित्सकको मृत्यु

  • खबर सेवा

  • आइतवार, चैत्र ३०, २०८१

  • 12
    SHARES

भक्तपुर। संखुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा आशिष सिग्देलको मृत्य भएको हो ।

मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उनले जानकारी दिए । दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology