बुधबार, बैशाख १७, २०८२
English
Follow us:

हुन्डीको अवैध कारोबार गर्ने महिला पक्राउ

हुन्डीको अवैध कारोबार गर्ने महिला पक्राउ

  • खबर सेवा

  • आइतवार, चैत्र ३०, २०८१

  • 43
    SHARES
हुन्डीको अवैध कारोबार गर्ने महिला पक्राउ

काठमाडौँ। हुन्डीको अवैध कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१०, वागडाँडाकी १९ वर्षीया करिना देवकोटा रहेकी छन्।

आइतबार काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोड क्षेत्रमा हुन्डीको अवैध कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट नेपाली नगद नौ लाख रुपैयाँ, ६ लाख रुपैयाँको चेक बरामद गरिएको छ। घटनाका सम्बन्धमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology