शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

आशिष पुरस्कार पत्रकार पौडेललाई

आशिष पुरस्कार पत्रकार पौडेललाई

  • खबर सेवा

  • मङ्लबार, बैशाख २, २०८२

  • 196
    SHARES
आशिष पुरस्कार पत्रकार पौडेललाई

इलाम। २०८२ सालको आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार किरण पौडेललाई प्रदान गरिएको छ। इलाम सदरमुकाममा आयोजित समारोहमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरले पत्रकार पौडेललाई पुरस्कृत गरे ।

नेपाल पत्रकार महासंघले हरेक वर्ष मेची क्षेत्रका उदीयमान पत्रकारलाई प्रदान गर्ने आशिष पुरस्कार पौडेललाई प्रदान गरिएको हो । २०५९ साल वैशाख १ मा दुर्घटनामा परी निधन भएका पत्रकार आशिष राईको स्मृतिमा २०६१ सालमा महासंघले यो पुरस्कार स्थापना गरेको हो ।

करिब डेढ दशयता पत्रकारितामा क्रियाशील पौडेललाई इलाम पोस्ट, इलाम एफएम, इलाम आवाज, राष्ट्रिय समाचार समितिलगायत मिडियामा काम गर्दै अहिले हिमाल प्रेसको कपी इडिटरका रूपमा कार्यरत छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology