काठमाडौँ। कवाडी संकलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी कारबाहीमा परेका छन्।
बालुवाटार क्षेत्रमा कवाडी संकलन गर्न हिँडेका एक जना मजदूरको साइकल खोसेर नगर प्रहरीले अमर्यादित व्यवहार गरेका थिए ।
अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको र ती मदजूरको साइकल फिर्ता गरिएको काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।