खेलकुद

एनएसएलको उपाधि ललितपुरलाई

काठमाडौं। ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल)को उपाधि जितेको छ। शनिवार दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बन्यो।

ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए। ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । यस्तै एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम पनि ललितपुर नै बनेको छ।

ललितपुरले एनएसएलमा अपराजित खेलको शृंखला पनि बढाउँदै ११ पुर्‍याएको छ । दोस्रो सिजन अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुर यस सिजन खेलेको ८ वटै खेलमा अपराजित रह्यो । च्याम्पियन ललितपुरले नगद ८० लाख प्राप्त गर्नेछ भने उपविजेता पोखराले ३० लाख हात पार्नेछ। खेलको सुरुवात सुस्त रहेपनि इमोह इजेकेलले पहिलो हाफको अन्त्यतिर गोल गर्दै साविक विजेता ललितपुरलाई अग्रता दिलाएका थिए ।

इमोह इजेकेलले खेलको ४२औं मिनेटमा गोल गर्दै ललितपुर सिटीलाई अग्रता दिलाएका थिए। इमोह इजेकेलले मनोज राईको क्रसमा गोल गर्दै साविक विजेतालाई अग्रता दिलाए । पोखराले आफ्नै गल्तीमा गोल व्यहोरेको छ । बिएस्सी विलियमले क्लियर गरेको बल बक्स बाहिर ललितपुरका सन्तोष क्षेत्रीले पाए । उनले बायाँ भागमा रहेको मनोज राईलाई पास दिए । मनोजले क्रस हानेको बल रोक्न पोखराका किपर प्रिसो अघि बढेका थिए। त्यही मौकामा इमोहले हेड मार्फत गोल गरे।

यस सिजन उनको यो तेस्रो गोल हो। यसअघि इमोहले लिग चरणमा पहिलो गोल पनि पोखरा थण्डर्स विरुद्ध नै गरेका थिए। जुन खेल ललितपुरले ३-२ ले जितेको थियो । अर्को गोल गिमा एफसी चितवन विरुद्ध गरेका थिए। दोस्रो सिजन ललितपुरले उपाधि जित्दा सर्वाधिक ६ गोल गरेका इमोहले एनएसएलमा सर्वाधिक ९ गोल गर्ने धनगढी एफसीका अहमद हिजाजीको कीर्तिमान पनि भेट्टाएका छन्। पहिलो हाफमा ललितपुरले पाएको यो नै सबैभन्दा राम्रो अवसर थियो र त्यसमा गोल पनि भयो।त्यसअघि पोखराका स्टेफेन समिर विनोङले पनि राम्रो अवसर पाएका थिए तर गोल गर्न सकेनन्।

पोखराका लागि सुदिल राईले ६३औं मिनेटमा बराबरी गोल फर्काए। खेल १-१ को स्थितीमा पुगेपछि रोमाञ्चक बनेको थियो। पदम भट्टराईले दायाँ भागबाट दिएको क्रस सुरुमा स्टेफेन समिर विनोङले हेड हानेका थिए। त्यसका ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बल रोकेपनि पूर्ण रुपमा क्लियर गर्न नसकेपछि नजिकै रहेका सुदिलले गोल गरे । ललितपुरका सनिशले सुदिललाई रोक्ने प्रयास गरेपनि सफल भएनन्।

पापा इबोउ केबेले ७४औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाए। पापा इबोउ केबेले ललितपुरको अग्रता २-१ बनाए । पहिलो गोल गरेका इमोह इजेकेलले असिस्ट गरेका हुन् । यस पटक पनि पोखराले आफ्नै गल्तीले गोल खाएको छ। पोखराका विलियम बिएस्सीले क्लियर गरेको बल फितलो रहेपछि बक्स बाहिर रहेका इमोहले बल पाए। उनले सिधै बक्सम क्रस दिए । पोखराका जाफारोभले बल रोक्न खोजेपनि भेटेनन्। त्यसपछि ललितपुरका पापा केबेले बल पाए उनले कन्ट्रोल गर्दै सानदार फिनिस गरे।

सम्बन्धित समाचार

‘नतिजामा एकरुपता र भावनात्मक स्थिरता आवश्यक छ’: पारस खड्का

‘नतिजामा एकरुपता र भावनात्मक स्थिरता आवश्यक छ’: पारस खड्का

मुलपानी र कीर्तिपुरको झल्को दिने गरी मुम्बईमा उर्लिएका हजारौँ नेपाली समर्थकहरूका बीच नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली...

आईसीसी टी २० विश्वकप : ३ खेल हुँदै

आईसीसी टी २० विश्वकप : ३ खेल हुँदै

काठमाडौँ। आईसीसी टी २० विश्वकपमा आज तीन खेल हुँदैछ। दुई खेल भारत र एक खेल श्रीलंकामा हुनेछ। पहिलो खेलमा...

जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो

जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो

काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...

टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित

टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित

काठमाडौं। टी- २० विश्वकपका दुई आयोजक देश भारत र श्रीलङ्काले बिहीबार आ-आफ्नो समूहको खेलमा सजिलो जित निकालेका छन्। यससँगै...