आज मातातीर्थ औँशी
काठमाडौँ। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा। वासुदेव कोइरालाका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।
घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन पनि बढेको छ ।
यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौंको थानकोट क्षेत्रमा रहेको मातातीर्थमा मेला लागेको छ । मेला भर्नेहरुको बिहानैदेखि घुइँचो छ ।
कतिपय दर्शनार्थीहरु शनिबार साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए । उनीहरुले बिहान सबेरै स्नान गरी पूजा गरेका छन् ।
मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।
आमा नहुनेहरु मातातीर्थमा गई स्नान गरी हरिहर ९विष्णु र शिव० को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।
यसैबीच मातातीर्थ औँसीको अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।
ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
काठमाडौँ। देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाली पत्रकारितामा...
भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन
सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २।७५ प्रतिशत पुगेको छ...
जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण
जापानको निसान मोटर कम्पनीले आगामी महिना समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि ६५० अर्ब येन/करिब ४।२५ अर्ब अमेरिकी...
जुन्या ओगावा जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ को नेतामा निर्वाचित
जापानको मुख्य विपक्षी शक्ति सेन्ट्रिस्ट रिफर्म एलायन्सले जुन्या ओगावालाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेको छ । हालैको आम...




