स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक भारतीय पक्राउ
काठमाडौँ। कपिलवस्तु प्रहरीले स्रोत नखुलेको ४२ लाख ९० हजार ४४४ सहित एकजनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्ने शिवा पटवा भन्ने आशिष कुमारलाई सो रकमसहित पक्राउ गरेको हो।
स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ रहेको भन्ने गोप्य सूचनाको आधारमा भारतको बलरामपुर जिल्ला तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल तुल्सीपुर बस्ने वर्ष अन्दाजी २२ को शिवा पटवा भन्ने आशिष कुमार शंकास्पद अवस्थामा फेला परेका थिए।
उनको शरीर र उनी भाडामा बस्दै आएको कोठामा खानतलासी गर्दा नेपाली रुपैयाँ ४२ लाख ६३ हजार नौ सय रुपैयाँका नोटहरू तथा भारतीय रुपैयाँ २६ हजार ५४४ का नोटहरू गरी कुल रकम ४२ लाख ९० हजार ४४४ रुपैयाँ र रुपैया गन्ने मेसिन थान१ बरामद गरिएको प्रहरीले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
३.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
काठमाडौं । नेपालको राजनीतिक इतिहास करिब आठ दशक लामो संघर्ष, बलिदान र व्यवस्था परिवर्तनको गाथा हो। जहानियाँ राणा शासन,...
इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका
संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर फोर्ड, र यसको एस्कर्ट जहाजहरू क्यारिबियनबाट पश्चिम एसियामा तैनाथ गरिरहेको...
आज घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन...
बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन
काठमाडौं । नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरी आज बर्दघाट नगरपालिका–चिसापानीस्थित...




