बिहिबार, जेष्ठ २, २०८२
English
Follow us:

घट्यो नेप्से

घट्यो नेप्से

  • खबर सेवा

  • सोमवार, बैशाख १५, २०८२

  • 44
    SHARES
घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो ।

आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह एक दशमलव ४० र व्यापार समूह शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लगानी समूहको उपसूचक दुई दशमलव १४ प्रतिशतले घटेको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology