बिहिबार, जेष्ठ २, २०८२
English
Follow us:

अरुण नदीमा खस्यो जिप

अरुण नदीमा खस्यो जिप

  • खबर सेवा

  • सोमवार, बैशाख १५, २०८२

  • 55
    SHARES
अरुण नदीमा खस्यो जिप

काठमाडौं। अरुण नदीमा जिप खसेको छ । खाँदबारीबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४१०३ नम्बरको जिप सोमबार धर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको हो । प्रहरीका अनुसार पैदल यात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएपछि जिप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल अरुण नदीमा खसेको हो ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार जिपमा चालकसहित दुई जना सवार थिए। उनीहरू जिपबाट हामफालेका थिए । जिपबाट हामफालेका खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४० वर्षीय जीवन राई र चालक मकालु गाउँपालिका–५ मांसिमाका २० वर्षीय किरण गुरुङको उद्दार गरिएको प्रहरीले जनाएको छ । राई बोलेरोका मालिक हुन्।

प्रहरीका अनुसार जिपको ठक्करबाट घाइते भएका र अरुण नदीबाट उद्दार गरिएकासहित तीनै जनाको तुम्लिङटारको मनकामना अस्पतालमा उपचार भइरहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology