बिहिबार, जेष्ठ २, २०८२
English
Follow us:

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा ; सर्वोच्चले माग्यो लिखित जवाफ

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा ; सर्वोच्चले माग्यो लिखित जवाफ

  • खबर सेवा

  • मङ्लबार, बैशाख १६, २०८२

  • 66
    SHARES
गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा ; सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग्ने आदेश गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासले अदालतले ५२ पदाधिकारीको मुद्दामा ‘हान्दिउँ भन्दै रोकेर राखेको’ भन्ने थापाको अभिव्यक्तिमा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो ।

गत आइतबार सर्वोच्चमा दर्ता भएको थापाविरुद्ध अदालतको अवहेलना निवेदन एकैपटक संयुक्त इजलासमा परेको थियो । अधिवक्ता अनन्तराज लुइँटेलसहितले दर्ता गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले मंगलबार ९वैशाख १६०को पेसी दिइएको थियो ।

प्रारम्भिक सुनुवाइपछि थापालाई लिखित जवाफ पेस गर्न आदेश भएको हो । आफैँ उपस्थित हुने वा आफ्नो कानुन व्यवसायीमार्फत जवाफ पेस गर्ने भन्ने आदेशको पाठपछि मात्र सार्वजनिक हुनेछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology