सुप्रिम सहकारीका पीडित एकनारायणले भने : मैले रवि लामिछानेविरुद्ध जाहेरी दिएकै छैन, मलाई नै नसोधी मुख्य उजुरीकर्ता बनाइयो
काठमाडौँ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पीडित मध्येका एक नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका छन्। उनले सहकारीले रकम फिर्ता नदिएपछि प्रहरीले उजुरी मागेअनुसार इलाका प्रहरी कार्यालय, बुटवलमा कोही व्यक्ति लक्षित नगरी उजुरी दिएको बताएका छन्।
मंगलबार उनले सामाजिक सञ्जालमार्फत आफूलाई प्रहरीले एक वचन पनि नसोधी र आफ्नो सहमति नलिइ रवि लामिछानेसहित विरुद्ध आफूलाई मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकारले पीडितलाई न्याय दिने भन्दा आफूहरूजस्ता पीडितलाई देखाएर राजनीति गरिएको आशंका व्यक्त गरेका छन्। उनले आफूहरूको उजुरी देखाएर कसैले स्वार्थ पूरा गर्न खोजेको भए आफूले मुद्दा फिर्ता लिन तयार रहेको पनि बताएका छन्।
उनले पीडितहरूको माग बचत फिर्ता मात्र भएकोले न्यायका नाममा पीडितलाई मात्र होइन अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएको र निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्मविरुद्ध सबै पीडितले खबरदारी गर्न आग्रहसमेत गरेका छन्।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद
काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रति र रर रनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो
काठमाडौं। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचन भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ भनेर...
रास्वपाको प्रशिक्षणमा कडा नियम : फोटो खिच्न नपाइने, आफन्त पनि निषेध
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित पार्टीका सांसदहरूलाई भोलिदेखि दुई दिने अभिमुखीकरण तालिम दिँदै छ । ललितपुरको एक होटेलमा हुने...
संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय...




