बिहिबार, जेष्ठ २, २०८२
English
Follow us:

भाजपा नेताले एकसाथ भेटे देउवा र आरजु

भाजपा नेताले एकसाथ भेटे देउवा र आरजु

  • खबर सेवा

  • बुधबार, बैशाख १७, २०८२

  • 53
    SHARES
भाजपा नेताले एकसाथ भेटे देउवा र आरजु

काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन्।

नेपाल भ्रमणमा रहेका भाजपा विदेश विभाग प्रमुख चौथाइवाले बुधबार अपराह्न बूढानीलकण्ठ पुगेर सभापति देउवा र परराष्ट्र मन्त्री आरजुलाई संयुक्त रूपमा भेटवार्ता गरेका हुन्। उक्त भेटवार्तापछि परराष्ट्र मन्त्री राणाले नेपाल(भारत सम्बन्धका विभिन्न आयामहरूबारे समीक्षा र पुरानो साझेदारीलाई अझ सुदृढ पार्ने विषयमा छलफल केन्द्रित रहेको बताएकी छन्।

बुधबार नै भाजपा विदेश विभाग प्रमुख चौथाइवाले सिंहदरबारमा गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology