आइतवार, असार ८, २०८२
English
Follow us:

प्रधानमन्त्रीसमक्ष लिए राज्यमन्त्रीले शपथ

प्रधानमन्त्रीसमक्ष लिए राज्यमन्त्रीले शपथ

  • खबर सेवा

  • आइतवार, बैशाख २१, २०८२

  • 66
    SHARES
प्रधानमन्त्रीसमक्ष लिए राज्यमन्त्रीले शपथ

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राज्यमन्त्री गर्बुजाले शपथ लिएका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology