आइतवार, असार ८, २०८२
English
Follow us:

युक्रेन–रूस युद्ध ‘अन्तिमतिर’, जेलेन्स्की र पुटिन वार्तामा बस्न तयार

युक्रेन–रूस युद्ध ‘अन्तिमतिर’, जेलेन्स्की र पुटिन वार्तामा बस्न तयार

  • खबर सेवा

  • सोमवार, बैशाख २९, २०८२

  • 73
    SHARES
युक्रेन–रूस युद्ध ‘अन्तिमतिर’, जेलेन्स्की र पुटिन वार्तामा बस्न तयार

काठमाडौं। यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताएका छन् ।

जेलेन्स्कीलेले सामाजिक सञ्जालमार्फत युद्ध अन्त्यको विषयमा पुटिनसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका हुन् । उनले यो भेटवार्ता बिहीबार टर्कीको इस्तानबुलमा हुन सक्ने समेत बताएका छन् ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यूक्रेनलाई टर्कीमा रूससँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका थिए । जेलेन्स्कीले एक्समा लेखेका छन्, ‘अब अरू ज्यान गुमाउनुको कुनै अर्थ छैन । म बिहीबार पुटिनलाई टर्कीमा कुरिरहेको हुनेछु, व्यक्तिगत रूपमा ।’

यूक्रेन वार्ताका लागि तयार रहेका जेलेन्स्कीले यसअघि नै स्पष्ट पारेका छन् । उनले वार्ताको पहिलो सर्त युद्धविराम भएको बताएका छन् ।

शनिबार राति राष्ट्रपति पुटिनले पनि यूक्रेनलाई ‘गम्भीर वार्ता’को निम्तो दिएका थिए । रुस–यूक्रेन युद्ध सन् २०२२ मा सुरु भएको थियो, जब रुसले यूक्रेनमा हमला गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology