आइतवार, असार ८, २०८२
English
Follow us:

विवादले बन्द भारतका विमानस्थल खुले

विवादले बन्द भारतका विमानस्थल खुले

  • खबर सेवा

  • सोमवार, बैशाख २९, २०८२

  • 65
    SHARES
विवादले बन्द भारतका विमानस्थल खुले

काठमाण्डौं। भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ।

सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका ३२ वटा विमानस्थल खुला गरेको जनाएको छ।

भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार बन्द गरिएको ३२ वटै विमानस्थल सोमबारदेखि नै पूर्ण रूपमा सञ्चालनमा आएको छ।

शनिबार युद्धविराम घोषणा भएपछि पनि केही विमानस्थल सञ्चालनमा आएको थियो। सञ्चालनमा बाँकी रहेका विमानस्थलहरू सोमबारदेखि नै सञ्चालनमा आएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेर सुरक्षा जोखिमलाई मध्यनजर गरेर ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गरिएको थियो।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology