आइतवार, असार ८, २०८२
English
Follow us:

कोरियाको एनओसी खुलाउन माग गर्दै केक्यानका प्रतिनिधिले भेटे शिक्षामन्त्री

कोरियाको एनओसी खुलाउन माग गर्दै केक्यानका प्रतिनिधिले भेटे शिक्षामन्त्री

  • खबर सेवा

  • मङ्लबार, बैशाख ३०, २०८२

  • 358
    SHARES
कोरियाको एनओसी खुलाउन माग गर्दै केक्यानका प्रतिनिधिले भेटे शिक्षामन्त्री

काठमाडौं। दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको अध्ययन अनुमति पत्र (एनओसी) खुलाउन माग गर्दैै कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई ध्यानाकर्षण बुझाएको छ।

केक्यानलगायत महासंघ र महासंघआवद्ध संघका प्रतिनिधिहरुले मन्त्रालय पुगेर ध्यानाकर्षण बुझाएका हुन्। भेटमा केक्यानका प्रतिनिधिहरूले मन्त्रीलाई कार्यकालको शुभकामना समेत प्रदान गरेका थिए। उक्त भेटघाट कार्यक्रममा केक्यानका सस्थापक अध्यक्ष गणेश शर्मा, वर्तमान अध्यक्ष शशीप्रसाद भट्टराई र महासचिव नरेशप्रसाद सेडाई को सहभागिता थियो।

सरकारले विभिन्न कारण देखाउँदै तत्कालका लागि कोरियाका लागि एनओसी प्रक्रिया रोकेको छ। कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरू रोजगारीलाई प्राथमिकता दिने गरेको, पैसा कमाउने कामलाई प्राथमिकता दिँदा अध्ययनमा समस्यामा पुर्याएको, ब्लक लिष्टमा परेकालाई समेत पठाउने गरेको कारण देखाउँदै सरकारले एनओसी बन्द गरेको हो। एनओसी बन्द गर्दा कोरिया जान तयार विद्यार्थी बन्चित हुने भन्दै केक्यानले ध्यानाकर्षण जनाएको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology