आइतवार, असार ८, २०८२
English
Follow us:

बनेपाको चलचित्र छायांकन स्टुडियो बनाउन काठमाण्डौंबाट शिलान्यास

बनेपाको चलचित्र छायांकन स्टुडियो बनाउन काठमाण्डौंबाट शिलान्यास

  • खबर सेवा

  • मङ्लबार, बैशाख ३०, २०८२

  • 64
    SHARES
बनेपाको चलचित्र छायांकन स्टुडियो बनाउन काठमाण्डौंबाट शिलान्यास

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने चलचित्र छायांकन स्टुडियो शिलान्यास गरेका छन् ।

‘सिनेपाः’ नाम दिइएको सो चलचित्र छायांकन स्टुुडियोको मंगलबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । ४२ रोपनी जग्गामा निर्माण हुने स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायांकनस्थल हुने बताइएको छ ।

चलचित्र विकास बोर्डले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्दै चलचित्र छायांकनको लागि स्टुडियो कोशेढुंगा सावित हुने बताए ।

देशमा चलचित्र निर्माण सुरु भएको ६ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology