आइतवार, असार ८, २०८२
English
Follow us:

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

  • खबर सेवा

  • बुधबार, जेष्ठ १, २०८२

  • 17
    SHARES
पत्रकार फणि महतको निधन

काठमाण्डौं। काठमाडौं स् पत्रकार फणि महतको निधन भएको छ।

दुई वर्षभन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गएराति साढे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

रौतहटको चन्द्रपुर नगरपालिका ४ निवासी महत दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए। चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत उनी उनी नेकपा एमाले निकट प्रेस चौतारीको मधेस प्रदेश अध्यक्षसमेत थिए।

ब्रेन ट्युमरको समस्या देखिएपछि महतले भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराएका थिए।

उनको निधनप्रति नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संघसंस्थाले दुःख व्यक्त गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology