आइतवार, असार ८, २०८२
English
Follow us:

शिक्षा मन्त्रालयले भन्यो : दक्षिण कोरियाको स्नातकोत्तर तहको एनओसी रोकिएको छैन [पत्रसहित]

शिक्षा मन्त्रालयले भन्यो : दक्षिण कोरियाको स्नातकोत्तर तहको एनओसी रोकिएको छैन [पत्रसहित]

  • खबर सेवा

  • बुधबार, जेष्ठ १, २०८२

  • 109
    SHARES
शिक्षा मन्त्रालयले भन्यो : दक्षिण कोरियाको स्नातकोत्तर तहको एनओसी रोकिएको छैन [पत्रसहित]

काठमाडौंं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीलाई प्रदान गर्ने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नरोकिएको स्पष्ट पारेको छ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरियाका लागि डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीको एनओसी रोकिए पनि स्नातकोत्तरको नरोकिएको बताएको छ। र, स्नाकोत्तरबाहेकको सन्दर्भमा भने गत वैशाख २७ सम्मको मात्र एनओसी वितरण गर्ने मन्त्रालयको सूचनामा उल्लेख छ। यसअघि मन्त्रालयले सूचना जारी गर्दै विभिन्न कारण देखाउँदै डी २ र डी ४ को एनओसी रोकिएको जनाएको छ।

मन्त्रालयले डी २ र डी ४ को सन्दर्भमा सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, अध्ययन घण्टा कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्ने जस्ता कारणले नेपाली विद्यार्थी मानसिक समस्या तथा डिप्रेसनमा पर्ने गरेको गुनासो बढ्दै गएकले रोकेको जनाएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology