राजनीति

गभर्नरमा खिचातानी बढेपछि ओलीले भने : मलाई आफ्नो मान्छे ल्याउनु छैन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा क्षमतावान व्यक्ति नियुक्त हुने बताएका छन्।

गत चैत २४ गतेदेखि राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ, डेपुटी गभर्नर नीलम ढुंगाना कायममुकायम गभर्नरको जिम्मेवारीमा छिन्।

प्रधानमन्त्री ओलीले गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुने बताएका हुन्।

गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बिहीबार धारणा राख्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो, काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ, मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु।’

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको बताए।

एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेकोबाहेक अरू पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उनले बताए।

सम्बन्धित समाचार

एमाले दुवोजस्तो पार्टी भएकाले कहिल्यै नासिदैन : ओली

एमाले दुवोजस्तो पार्टी भएकाले कहिल्यै नासिदैन : ओली

दमक । झापाको गौरादहका बासिन्दाले नेकपा (एमाले) दुवोजस्तो पार्टी भएकाले कहिल्यै ननासिने बताएका छन् । झापा क्षेत्र नं ५...

निर्वाचनका बेला तत्काल परिचालन हुन सशस्त्र प्रहरीलाई निर्देशन

निर्वाचनका बेला तत्काल परिचालन हुन सशस्त्र प्रहरीलाई निर्देशन

काठमाडौं। प्रहरी वा अन्य कर्मचारीलाई सहयोग आवश्यक परे तत्काल परिचालन हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिनुभएको छ।...

‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित

‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित

काठमाडौँ। राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका...

रास्वपा नेता प्रहरी नियन्त्रणमा

रास्वपा नेता प्रहरी नियन्त्रणमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ पर्नुभएको छ। बाणगंगा नगरपालिका ८ धनेषपुरका...