
काठमाडौंं। फिल्म ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो व्यापार गरेको छ। गत वैशाख २६ गते रिलिज भएको यस फिल्मले पहिलो साता ५ करोड ७५ लाखको व्यापार गरेको हो।
निर्माण टिमले पहिलो साताको कमाइ सार्वजनिक गर्दै दर्शकलाई धन्यावाद दिएको छ। आजदेखि यो फिल्मको प्रदर्शन दोस्रो सातामा प्रवेश गरेको छ।
गत फागुन २९ गते रिलिज भएको ‘अञ्जिला’पछि कुनै पनि नेपाली फिल्मले बक्स अफिस उछाल ल्याउन सकेका थिएनन्। यस्तो अवस्थामा ‘ऊनको स्वीटर’ले बक्सअफिस तताएको छ।