
काठमाडौं। सगरमाथा आरोहरण गरेर फर्किने क्रममा एक भारतीय आरोहीको ज्यान गएको छ। सगरमाथा आरोहरण सम्पन्न गरेर फर्किनेक्रममा हिलारी स्टेपमा ४५ वर्षका भारतीय नागरिक सुब्रत घोषको बिहीबार राति ज्यान गएको पर्यटन विभागका महानिर्देशन डा नारायणप्रसाद रेग्मीले जानकारी दिए।
उनको शव शेर्पाहरू बेसक्याम्प ल्याउने काम गरिरहेको बताइएको छ। उनी स्नोइ होलाइजन एण्ड एक्पिडिसनबाट आरोहणमा गएका थिए।
यसअघि ४५ वर्षकै फिलिपिनो नागरिक फिलिप सान्तिएगोको पनि बिहीबार ज्यान भएको थियो। बसन्त ऋतुको आरोहरण सुरु भएपछि दुई जनाको ज्यान गएको हो।