आइतवार, असार ८, २०८२
English
Follow us:

बंगलादेशसँग पराजित भएसँगै यू–१९ च्याम्पियनसिपबाट बाहिरियो

बंगलादेशसँग पराजित भएसँगै यू–१९ च्याम्पियनसिपबाट बाहिरियो

  • खबर सेवा

  • शुक्रबार, जेष्ठ ३, २०८२

  • 58
    SHARES
बंगलादेशसँग पराजित भएसँगै यू–१९ च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं। पहिलो सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै साफ यू–१९ च्याम्पियनसिपमा नेपालको यात्रा टुंगिएको छ ।

शुक्रबार भारतको अरुणाचल प्रदेशमा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन आसिकुर रहमान र कप्तान नज्मुल हुडा फैसलले गोल गरे । नेपालका सुजल ढंगोलले एक गोल फर्काए पनि नेपालको हार टार्न सकेनन् । खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो ।

७३औँ मिनेटमा आसिकुरको गोलमा बंगलादेशले अग्रता बनाएको थियो । त्यसको सात मिनेटपछि कप्तान फैसलले बंगलादेशको अग्रता दोब्बर बनाए ।

खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सुजनले एक गोल फर्काए पनि नेपालको हार टार्न सकेनन् ।

योसँगै बंगलादेशले फाइनलमा स्थान बनाउँदा नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेश प्रतियोगिताको साविक विजेता समेत हो ।

यसअघि नेपालले समूह चरणको खेलमा श्रीलंकालाई ५–० ले हराउँदा भारतसँग भने ४–० को हार बेहोरेको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology