समाचार

रौतहटमा दुर्घटनामा परेका युवकको मृत्यु

रौतहट। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा दुर्घटनामा परेर एकजना अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटना भएको गाडी हालसम्म यकिन गर्न नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताएका छन्।

गएराति १० बजेको समयमा चन्द्रपुर ४ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई घाइते अवस्थामा लडेको फेला परेको थियो।

प्रहरी गस्ती टोलीले तत्काल निजलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको डीएसपी राईले बताएका छन्। राजमार्गमा गुडिरहेको कुनै गाडीबाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।

सम्बन्धित समाचार

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...