आइतवार, असार ८, २०८२
English
Follow us:

वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता

वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता

  • खबर सेवा

  • शनिबार, जेष्ठ ४, २०८२

  • 57
    SHARES
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता

काठमाडौंं। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबिच भेटवार्ता भएको छ ।

नेपाल सरकारले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘सगरमाथा संवाद’ का अवसरमा उनीहरुबिच आज भेटवार्ता भएको हो । भेटमा उनीहरुबिच नेपाल र भुटान दुवै हिमाली मुलुक भएको र जलवायु परिवर्तनबाट बढी प्रभावित हुनुपरेको परिस्थितिमा साझेदारी गरेरअघि बढ्ने विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री शाहीले भुटानले ऊर्जा, प्राकृतिक स्रोत र वातावरण संरक्षणमा गरेको दिगो विकास प्रयास अनुकरणीय रहेको बताएका वन मन्त्रालयले जनाएको छ। उनीहरुबिच पर्वतीय कूटनीतिका माध्यमबाट यस क्षेत्रका साझा हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने तथा अन्तरराष्ट्रिय मञ्चमा वातावरण र जैविक विविधता संरक्षणका लागि दुई देशले समन्वय गर्ने बारेमा समेत छलफल भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology