आइतवार, असार ८, २०८२
English
Follow us:

सप्तरीमा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु

सप्तरीमा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु

  • खबर सेवा

  • आइतवार, जेष्ठ ५, २०८२

  • 37
    SHARES
सप्तरीमा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु

काठमाडौं। सप्तरीमा चट्याङ लागेर सात वर्षीय एक बालकको मृत्यु भएको छ।

हावाहुरीसँगै शनिबार परेको चट्याङ लागेर भारतीय नागरिक जहिद खानका सात वर्षीय छोरा जेनव खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

चट्याङबाट घाइते गम्भीर घाइते भएका बालकको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

चट्याङ लागेर स्थानीय गुलु खानका पनि सात वर्षकै छोरा जुबिर घाइते भएका छन्। उनको छिन्नमस्ता अस्पताल राजविराजमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology