आइतवार, असार २९, २०८२
English
Follow us:

नेपालमा सातजनामा कोरोना

नेपालमा सातजनामा कोरोना

  • खबर सेवा

  • मङ्लबार, जेष्ठ १४, २०८२

  • 101
    SHARES
नेपालमा सातजनामा कोरोना

काठमाडौं। नेपालमा सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

“हामीले नाकामा किटसहितको व्यवस्था गरेर चेकजाँच थाल्न निर्देशन दिइसकेका छौँ,” स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो ।

कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको हो । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बूढाथोकीका अनुसार अहिले नेपालमा देखिएको कोरोना नयाँ भेरियन्ट हो भन्ने पुष्टि भइनसकेको बताए ।

“काभ्रेमा देखिएपछि हामीले सबैलाई अहिले टेकुमा ल्याएका छौँ,” उनले भने, “अहिलेसम्मको चेकजाँचका क्रममा नयाँ भेरियन्ट होइन भन्ने लागेको छ ।”

उनका अनुसार यसअघि पनि फाटफुट कोरोना पुष्टि भए पनि अहिले एकैठाउँमा सात जनालाई देखिँदा सतर्कता बढाइएको छ ।

“हामीले सतर्कता अपनाएका छौँ,” उनले भने, “यो हप्ता ६–७ जना संक्रमित देखिए । सबैजना धुलिखेलमा देखिएको हो । अहिले उनीहरुलाई टेकुमा ल्याएका छौँ । हामीले थप परीक्षणपछिमात्रै नयाँ भेरियन्ट हो वा होइन भन्ने बताउन सक्छौँ ।”


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology