
काठमाडौं — वैदेशिक रोजगारका नाममा भइरहेका ठगी, शोषण र गैरकानुनी भिजिट भिसा कारोबारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सरोकार केन्द्रका अध्यक्ष , पूर्व डीएसपी तथा अधिवक्ता गोबिन्द पन्थिले आफू नियोजित दुष्प्रचारको शिकार भएको बताएका छन्। उनि एक चर्चित निडर अन्तराट्रिय पदक प्राप्त अवकाश प्राप्त प्रहरी अधिकृत हुन्। उनि लामो समय बैदेशिक रोजगार तथा मानब तस्करी सम्बन्धि अनुसन्धान तथा ब्यबसायिक प्रहरी अधिकृत भएको हालका बरिष्ठ प्रहरी अधिकृतहरु नै बतौछन्।
सरोकार केन्द्रका अध्यक्ष गोविन्द पन्थी आफ्नो फेसबुक पोस्टमा लेख्छन,
आदरणीय बुवा आमा , दिदी बैनी , दाजुभाइ लागायत सम्पुर्ण पत्रकारज्यूहरूमा हार्दिक नमस्कार।
केही दिनअघि मैले “भिजिट भिसा” सम्बन्धी प्रकरणमा आफ्नो व्यक्तिगत धारणा सार्वजनिक रूपमा अभिव्यक्त गरेको थिएँ। मेरो अभिव्यक्तिले यस क्षेत्रमा भइरहेका अनियमितता, शोषण र गलत अभ्यासप्रति जिम्मेवार नागरिक तथा पूर्व सुरक्षाकर्मीको हैसियतले उठाइएको चिन्ता र सरोकारलाई प्रतिविम्बित गर्थ्यो।
तर दुःखको कुरा के छ भने, मेरो उक्त धारणा सार्वजनिक भएपछि केही स्वार्थी तत्वहरूले नियोजित रूपमा मेरो चरित्र हत्या गर्ने, भ्रम फैलाउने र मेरो सामाजिक योगदानमा प्रश्न उठाउने दुस्प्रयाश गरि रहेको सुन्नमा आएको छ !जुन उनीहरुको चरित्र अनुसार स्वभाबिक मान्न सकिन्छ तर दुःखद त के छ भने, ती तत्वहरूले मिडिया क्षेत्रका केही साथीसँग समन्वय गर्दै मेरो विरुद्ध भ्रामक समाचार तथा अफवाहहरू प्रचार–प्रसार गर्नमा उद्दत भएको देख्दा सन्चारकर्मी साथिहरु जसले समाजमा शुसाशन र पारदर्शीता को पहरेदारको अपेक्षा गर्दछौ र हाम्रा दिदी बैनी र दाजु भाइ समेत ५० डिग्रीमा बिदेशको भुमिको तापक्रममा कामको खोजिमा जादा उच्च जोखिममा पारिएको र कतिपय अलपत्र पारिएको र कतिपय शोषणमा परि नारकिय जीवन बिताउन बाध्य भएको र आशुका बलिन्द्र धारा सहित राज्यलाई गुहारी रहदा हामी आफ्नो क्षमता र क्षेत्रको परिधिमा रहेर सुनिरहेर मात्र बस्नु पर्दा को त्यो पीडा जागिरे जिबनमा भोगेको कारण म मेरो अबकाश पश्चात् त्यस्ता दलाल, तस्कर र गैरकानुनी धन्धामा लागेका हरु लाई निमिट्यान्न पार्नु पर्छ र अब त्यस्तो दु:खद चपेटामा पुर्याउन प्राय महिलाहरु लाई दिइनु हुदैन भन्ने उद्देशका साथ “सरोकार केन्द्र ” नामक संस्था खोली उक्त संस्था मार्फत सक्रिय रहदै बहस पैरबी गर्दै गरेको अबगत गराउदछु।
तसर्थ : म सम्पूर्ण पत्रकार मित्रहरूलाई विनम्र आग्रह गर्न चाहन्छु—कृपया यस्ता नियोजित दुष्प्रचारमा फसेर विषय बस्तु लाई अन्यत्र मोड्ने प्रयास जानी जानी नगरिदिनुहोला ।कुनै पनि समाचार, विश्लेषण वा टिप्पणी तयार गर्दा बास्तबिकता र समाचार दिनेहरुको भित्री मनसाय बुझ्नु तबमात्र समाचार प्रशारण गर्नु हुन अनुरोध छ।तपाईहरुका कुनै जिज्ञासामा प्रत्यक्ष सम्पर्कमा रहन सधैं तत्पर छु।म सधैं सत्यको पक्षमा छु र पत्रकारिताको जिम्मेवारी, मर्यादा र निष्पक्षतालाई उच्च सम्मान गर्छु।
डीएसपी पदबाट अवकाश प्राप्त गरेपछि म आफ्नै मात्र निजि फाइदा हुने ब्याबसाय गरेर बस्दा नै मलाई ब्यक्तिगत रुपमा फाइदा थियो! किनकी म अधिबक्त्ता ( कानुन ब्याबसायी ) पनि थिए।तर म जागिरे जीवनकालमा मैले दिदी बैनिले भोगेको त्यो दु:ख र चीत्कार लाई असह्य भएर मात्र मैले एक बारको जुनिमा गलत लाई गलत भन्न सक्नु पर्छ भनी जोखिम मोलेरै विषय बस्तुको उठान गरेको हु।मलाई थाहा छ क्रिया पछि प्रतिक्रिया हुन्छ नै, तर त्यस्ता तस्कर, माफिया र लुटतन्त्र मच्चाउनेहरुका बिरुद्द निर्ममता पुर्बक लाग्नु पर्छ भनेरै जोखिम उठाएको हु।
मेरो अध्यक्षता मा खोलिएको सरोकार केन्द्र नामक संस्थामार्फत म वैदेशिक रोजगारमा ठगिएका तथा पीडित आम नागरिकहरूका लागि सामाजिक कार्यमा सक्रिय रहदै आज सम्म ११जनाको उद्दार गरेका छौ र १५ जना लाई निशुल्क कानुनी सेवा प्रदान गर्न सफल भएका छौ र केही लाई कानुनी कठघरामा उभ्याउन पनि। जुन मेरो लागि धेरै सुखद अनुभूति हो।तर भ्रष्टाचार, अवैध भिजिट भिसा कारोबार र मानव तस्करीविरुद्ध खुलेर आवाज उठाउँदा उल्टै त्यही आपराधिक गिरोहहरूले मेरो आवाज दबाउन पारदर्शीता र शुसासन र सत्यतथ्य समाचार जनसमक्ष सम्प्रेषण गर्ने पबित्र उद्देश्यका साथ खोलिएका मिडिया प्रयोग गर्न थालेका छन् भन्ने देख्दा र सुन्दा म अत्यन्तै आश्चर्यचकित र दुःखी छु।
पत्रकारिता भनेको सत्य, निष्पक्षता र पेशागत मर्यादामा आधारित हुनु पर्छ। त्यसैले कुनै पनि विषयमा समाचार सम्प्रेषण वा टिप्पणी गर्नु पूर्व यथार्थमा आधारित अनुसन्धान र प्रत्यक्ष संवाद आवश्यक छ भन्ने कुरामा म जोड दिन चाहन्छु।
अन्त्यमा, सबै सञ्चारकर्मी मित्रहरूलाई सत्यको साथ दिन, जिम्मेवार पत्रकारिताको अभ्यास गर्न र मैले निस्वार्थ भाबनाका साथ उठाएका जघन्य र अमानबिय अपराधको बारेमा गहिरो गरि बुझ्न त्यसको लागि आफू सधैं प्रत्यक्ष सम्पर्कमा रहन प्रतिबद्ध छु।
आम नेपाली दाजु भाइ तथा दिदी बैनीहरुले मेरो यस अभियानमा सारथिको भुमिका निर्बाह गर्नु हुनेछ ताकी सबै फन्डेवाजहरु को कुत्सित चाल निश्तेज हुने छ्न र हाम्रा दिदी बैनीहरु विभिन्न बहाना र प्रलोभनमा पारेर बेचिन र बेरोजगार युवा युबतीहरु शोषणमा पार्न मानव तस्कर र दलाल हरुले सयौ पटक सोच्नु पर्ने छ।
सबैको साथ र सहयोग प्रती हार्दिक आभार।
गोबिन्द पन्थि
पूर्व डीएसपी / अधिवक्ता
संस्थापक अध्यक्ष – “सरोकार केन्द्र “
सम्बन्धित समाचार