आइतवार, असार २९, २०८२
English
Follow us:

माइक्रो नागढुङ्गामा दुर्घटना, २ जनाको अवस्था गम्भीर

माइक्रो नागढुङ्गामा दुर्घटना, २ जनाको अवस्था गम्भीर

  • खबर सेवा

  • शनिबार, जेष्ठ ३२, २०८२

  • 18
    SHARES

काठमाण्डौं।  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना भएको माइक्रोबसका घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई शनिबार अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो। उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology