आइतवार, असार २९, २०८२
English
Follow us:

नेप्से स्थिर

नेप्से स्थिर

  • खबर सेवा

  • आइतवार, असार १, २०८२

  • 96
    SHARES
नेप्से स्थिर

काठमाडौं। आइतबार नेप्से परिसूचक स्थिर रहेको छ। गत कारोबार दिन अर्थात् बिहीबार २६५५.२८ विन्दुमा बन्द भएको नेप्से आइतबार २६५५.८५ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ।

बिहीबार १२ अर्ब ५१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार ११ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब सात करोड रूपैयाँ कमी आएको हो। आज ३०८ वटा धितोपत्रको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच भएको हो। आइतबार ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ।

यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। ग्रिन डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।

नेपाल हाइड्रो डेभलपरको मूल्य सर्वाधिक ४।४३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७०१ रूपैयाँ १४ पैसामा झरेको छ। मिड सोलु हाइड्रोपावरको मूल्य ३.८४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९१९ रूपैयाँ २७ पैसा कायम भएको छ।

आइतबार सानिमा माई हाइड्रोपावरपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६७४ रूपैयाँमा ८९ करोड एक लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४२८ रूपैयाँ ५० पैसामा ८७ करोड २० लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १।४७ प्रतिशतले बढेको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology