आइतवार, असार २९, २०८२
English
Follow us:

निजामती सेवा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेश

निजामती सेवा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेश

  • खबर सेवा

  • आइतवार, असार १, २०८२

  • 88
    SHARES
निजामती सेवा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं। सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ प्रतिनिधि सभामा पेश गरिएको छ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले उक्त प्रतिवेदनमा संसद्‌मा पेश गरेका हुन्‌ ।

प्रतिनिधि सभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो ।
दफावार छलफल गर्ने क्रममा २०८१ भदौ २० गते समितिको बैठकमा नेपाल सरकारको तर्फबाट उक्त विधेयक ल्याउन पर्नाको कारण उद्देश्य र औचित्यबारे विभागीय मन्त्रीले जानकारी गराएका थिए ।

विधेयकमा १५३० वटा संशोधन प्रस्ताव परेको थियो । विधेयक प्रतिवेदन समितिबाट पारित गर्दासम्म समिति र उपसमिति गरी ४७ वटा बैठक सञ्चालन भएको सभापति खतिवडाले जानकारी दिए । यो विधेयक संविधानपछिको सबैभन्दा महत्वपूर्ण विधेयक रहेको पनि उनले दाबी गरे ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology