आइतवार, असार २९, २०८२
English
Follow us:

देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा

देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा

  • खबर सेवा

  • सोमवार, असार २, २०८२

  • 14
    SHARES
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा

काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नरहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउनका लागि आफूहरूले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको बताए।

​उनले माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको बताए। अहिले जनता काँग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खालि भएको उनको जिकिर थियो।

उनले काँग्रेस प्रजातान्त्रिक सामन्तहरूको पार्टी भएको आरोप समेत लगाए। उनले एमालेको कामले आफ्नै कार्यकर्ताहरू पनि शिर निहुराएर लज्जावोध गर्ने गरेको बताए।

उपाध्यक्ष सापकोटाले शहीद परिवारबाट तर्केर हिँड्ने कुराको अन्त्य हुनुपर्ने पनि बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology