आइतवार, असार २९, २०८२
English
Follow us:

फेला परे सम्पर्कविहीन डाक्टर

फेला परे सम्पर्कविहीन डाक्टर

  • खबर सेवा

  • सोमवार, असार २, २०८२

  • 91
    SHARES
फेला परे सम्पर्कविहीन डाक्टर

काठमाडौं। फेसबुकमा अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ सकुशल फेला परेका छन्। उनलाई प्रहरीले बालाजुमा रहेको एक रिसोर्टमा फेला पारेर उद्धार गरेको हो। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिँदैछ।

काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उनी बिहान काठमाडौंको चाबहिलमा रहेको ससुराली घरबाट निस्किएका थिए। त्यहाँबाट निस्किनुअघि उनले विदेशमा रहेका भाइलाई सम्पर्क गरेको पनि एसपी बोहराले बताए।

त्यहाँबाट निस्किँदा फेसबुक स्टाटस हालेपछि उनको सोधीखोजी हुन थालेको हो। फेसबुकमा उनको स्टाटसबारे थाहा पाएपछि प्रहरीको विभिन्न युनिट परिचालन भएको थियो।

उनको फोनमा कल गर्दा ‘मोबाइल अफ’ देखाएको थियो। तर पनि प्रहरीले विभिन्न माध्यमबाट उनको खोजी गरिरहेको एसपी अपिलराज बोहराले बताए। ‘हामीले प्राविधिक, आफन्तसँग कुराकानी लगायत विभिन्न तरिका अपनायौं,’ उनले भने, ‘आफन्तसँग निरन्तर कुराकानी भइरहँदा खोज्न सजिलो भएको हो।

प्रहरीले डाक्टर श्रेष्ठले मोटरसाइकल चलाएर गएको भन्नेबारे पनि खुलेको थियो। त्यसपछि विभिन्न माध्यमबाट उनी जान सक्ने ठाउँबारे खोजी भइरहेको थियो। खोजीमा खटिएका एक प्रहरीका अनुसार उनले मोबाइल ‘फ्लाइट मोडमा’ राखेका थिए। एसपी अपिलराज बोहराले उनको सामाजिक सञ्जाललाई निगरानी गरी प्रहरी पुगेको बताए।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology